राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस

राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस

असोज १०
National Public Health Days
All 2082 2081 2080 2079 2078 2077 2076 2075 2074 2073 2072
Shisir Kumar Adhikari 616 1

राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस (असोज १०)

वि.सं. २०५९ साल असोज, १० गते तत्कालीन मुलुकी ऐनको ११ औं संशोधन मार्फत महिलाहरुले गर्भपतन अधिकारको कानुनी प्रत्याभूति पाएको दिनको सम्झनामा र विश्वमा मनाइने सुरक्षित गर्भपतन दिवसको सन्दर्भ पारेर नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाको नेतृत्वमा यस क्षेत्रमा कार्यरत संघ संस्थाहरुसँग सहकार्य गर्दै विभिन्न कार्यक्रमहरुको आयोजना गरि हरेक वर्ष असोज १० गतेका दिन राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस मनाउने गरिन्छ ।

नेपालमा सुरक्षित गर्भपतनको विकासक्रम 

नेपालमा मातृ मृत्यु दरलाई घटाउनका साथै महिलाको प्रजनन स्वास्थ्य अधिकारलाई सुनिश्चित गर्न नेपाल सरकारले वि।स। २०५९ देखि सुरक्षित गर्भपतन सेवालाई कानुनी मान्यता दिएको छ । त्यसैगरी यसलाई कार्यान्वयन गर्नका लागि नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरक्षित गर्भपतन सम्बन्धी राष्ट्रिय नीति २०६० तर्जुमा गरि लागू गरिसकेको छ । त्यसबेला देखि नेपालले यस सेवाको विस्तारका लागि विभिन्न तहका स्वास्थ्यकर्मीहरुको लागि तालिम दिनुकासाथै यस सेवालाई सर्वसुलभ तथा पहुँचयोग्य बनाउन वि.स. २०७३ देखि सबै सुचिकृत सरकारी स्वास्थ्य संस्थामा सुरक्षित गर्भपतन सेवालाई निशुल्क रुपमा उपलब्ध गराउँदै आएको छ ।

२०५९

गर्भपतनलाई कानुनी मान्यता प्राप्त (२०५८ साल फागुनमा मुलुकी ऐनको ११ औं संशोधनबाट

२०६०

सुरक्षित गर्भपतन सम्बन्धी राष्ट्रिय निति

२०६१

सुरक्षित गर्भपतन सम्बन्धि तालिम र सेवाको सुरुवात

२०६४

स्टाफ नर्सबाट सेवाको सुरुवात

२०६५

बाह्र हप्ता भन्दा माथि अवधिको सेवाको सुरुवात

२०६६

औषधीको प्रयोगबाट गरिने सुरक्षित गर्भपतन सेवाको सुरुवात

२०६८

सुरक्षित गर्भपतन सेवा कार्यक्रम संचालन निर्देशिका २०६८

२०७२

आधारभूत स्वाथ्य सेवा मौलिक अधिकारप्रजनन स्वास्थ्य अधिकारनेपालको संविधान २०७२

२०७३

निशुल्क सुरक्षित गर्भपतन सेवाको सुरुवात

२०७५

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार ऐन२०७५

सुरक्षित गर्भपतनलाई प्रजनन स्वास्थ्य अधिकारको रुपमा लिइएको

२०७७

सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार नियमावलि स्विकृत र जनस्वास्थ्य सेवा नियमावलीमा सुरक्षित गर्भपतन सेवालाई आधारभूत स्वाथ्य सेवामा समावेश गरिएको

२०७८

सुरक्षित गर्भपतन सेवा कार्यक्रम व्यवस्थापन निर्देशिका२०७८ निर्देशिका अनुसार तिनै तहबाट सुरक्षित गर्भपतन सेवा प्रदायक र संस्था को बिस्तार

गर्भपतन सेवालाई सुरक्षित तवरले सवैको पहुँच योग्य, सुलभ र सुरक्षित वनाउन सुरक्षित गर्भपतन सम्बन्धी जनचेतनामा अभिवृद्धि ल्याई परिवार नियोजनका साधनको प्रयोग एवं सुरक्षित गर्भपतनका सकारात्मक पक्षहरु बारे व्यापक जनचेतना बढाई सेवाको पहुँचलाई अझ बढी विस्तार गर्नु आजको आवश्यकता हो ।

सुरक्षित  गर्भपतन सम्बन्धी विस्तृत जानकारीको लागि यहाँ CLICK गरि पढ्न र डाउनलोड गर्न सक्नुहुनेछ ।

Themes/Slogans of राष्ट्रिय सुरक्षित गर्भपतन सेवा दिवस
Year
Theme/Slogan