World Patient Safety Day
Shisir Kumar Adhikari
0
1086
0
विश्व बिरामी सुरक्षा दिवस (World Patient Safety Day)
सन् २०१९ मा पहिलो पटक विश्व बिरामी सुरक्षा दिवस (World Patient Safety Day) मनाइएको थियो। विश्व स्वास्थ्य संगठन (WHO) को ७२औँ विश्व स्वास्थ्य सभाले सन् २०१९ मे मा पारित गरेको प्रस्तावअनुसार हरेक वर्षको सेप्टेम्बर १७ लाई यो दिवसको रूपमा मनाउने निर्णय गरिएको थियो। नेपालमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभागले सन् २०१९ देखि हरेक वर्ष सेप्टेम्बर १७ का दिन 'विश्व बिरामी सुरक्षा दिवस' मनाउँदै आएको छ। संसारभर हुने कुल मृत्युको ७५% मृत्यु मुटुरोग, क्यान्सर, दम र मधुमेह जस्ता नसर्ने दिर्घ रोगका कारण हुने गरेको छ । अल्पायुमै अर्थात् ७० वर्ष अगावै हुने मृत्युमध्ये ८२% मृत्यु न्यून तथा मध्यम आय भएका देशमा हुने गरेको छ। नेपालमा मात्रै कुल मृत्युको ७१% भन्दा बढी मृत्यु नसर्ने दिर्घ रोगका कारण हुने गरेको छ।
