यो Paramyxovirus, genus Morbillivirus बाट हुने अति संक्रामक सरुवा रोग हो । खोपबाट बचाउन सकिने रोगहरूमध्ये दादुरा रोगले बालबालिकाको बढी मृत्यु गराउँछ । कुपोषित बच्चाहरूमा यो रोग लागेमा मृत्यु हुने सम्भावना बढी हुन्छ ।
सर्ने तरिका · रोगीले हाच्छ्यूँ गर्दा, खोक्दा र रोगीसँगको प्रत्यक्ष सम्पर्कमा आउने व्यक्तिलाई सर्दछ, · यो रोगको भाइरस धेरैजना जमघट हुने वा भीड हुने स्थानहरूमा एक अर्कामा सर्न सक्दछ ।
चिन्ह र लक्षणहरू · रोग सरेको २-४ दिनपछि ज्वरो आउने (१०३० देखि १०५० फ.),खोकी लाग्ने, रुघा लाग्ने, आखाँ रातो हुने, आँशु बग्ने आदि । · ज्वरो आएको २-४ दिनपछि अनुहार तथा शरिरमा साना साना राता विविरा आउने । · विविराहरु ५-६ दिनसम्म रहन्छन् र क्रमशः हराएर जान्छन् । · दादुराको जटिलताको रुपमा कान पाक्ने, झाडापखाला, कडा कुपोषण र निमोनिया हुनसक्छ र यसबाट रोगीको मृत्यु समेत हुनसक्छ ।
उपचार तथा रोकथाम दादुरा रोगको उपचार हुँदैन । यसबाट हुने जटिलताको कारणले लागेको रोगअनुसार उपचार गर्नुपर्दछ । दादुरा रोग लागेमा २ मात्रा भिटामिन ए दिनुपर्दछ । रोकथाम · दादुरा रोग विरुद्ध लगाइने खोपले दादुरा रोगबाट बच्न सकिन्छ । · नेपालमा दादुरा तथा रुबेला दुबै मिश्रित (दादुरा रुबेला) खोप उपलब्ध छ । जुन बच्चाको उमेर ९ महिना पूरा भए देखि १५ महिना भित्र २ पटक लगाउनु पर्छ । · बिरामीलाई अरु केटाकेटीको सम्पर्कबाट टाढा राख्ने ।
Leave Your Comment
3 Comments
Dhiraj Thakur
2024-07-01 22:40:50
It is very usefull for loksewa and medical srudents.
Leave Your Comment
Dhiraj Thakur
2024-07-01 22:40:50Kundan Kumar amat
2023-01-29 12:32:25Ganesh Bhandari
2023-01-25 19:46:30