 Shisir Kumar Adhikari
                            
                             2023-02-09 12:19:01
                             612
                             0
 Shisir Kumar Adhikari
                            
                             2023-02-09 12:19:01
                             612
                             0
                        ती मानिस एक सागसब्जी बेच्ने व्यापारी भएको ठाउँमा गए र सोही प्रश्न दोहोर्याए । ती सब्जी व्यापारीले भने, ‘एक बोरा आलू लिग र यो ढुंगा मलाई देऊ ।’ ऊ सुन पसलेकोमा गयो र त्यही प्रश्न सोध्यो । सुन व्यापारीले भने, ‘५० लाख दिन्छु, यो ढुंगा मलाई बेच ।’ उसले हुँदैन भन्यो । तत्काल व्यापारीले भन्यो, ‘त्यसो भए २ करोडमा देउ अथवा यसको मूल्य कति हो भन ।’ उसले सुनारलाई आफूलाई गुरुले यो ढुंगा बेच्ने अनुमति नदिएको सुनायो ।
त्यो मानिस ढुंगाको मूल्य पत्ता लगाउन एक हिरा व्यापारीको पसलमा गयो र पत्थर देखायो । हिरा व्यापारीले उक्त मानिसको अमूल्य रुबी हेर्दै त्यसलाई रातो कपडामा बिछ्याएर परिक्रमा गर्दै ढोग्यो । हिरा व्यापारीले भने, ‘कहाँबाट ल्यायौ यो अमूल्य रुबी ? सारा संसार बेच्दा पनि यसको मूल्य आउँदैन । यो अमूल्य छ ।’
Leave Your Comment