 Bhuwan Joshi
                            
                             2023-12-23 06:36:10
                             1800
                             1
 Bhuwan Joshi
                            
                             2023-12-23 06:36:10
                             1800
                             1
                        पिनास , कारण, लक्षण, चिन्ह, तथा उपचार
 
Paranasal sinus (PNS) म्युकाेसाकाे inflammation(सुजन) लाई sinusitis भनिन्छ  ।
विशेषगरी maxillary र frontal sinuses बढी involve हुन्छन् ।
साइनस भनेको टाउको र अनुहारका हाडहरुमा हुने हावा भरिएका खाली भागहरु हुन् जो स-साना प्वालहरु ओस्टियम को माध्यमबाट  श्वासमार्गसँग जोडिएका हुन्छन्।
Types of Sinusitis:-
1.Acute
2.chronic
causes:-
1.Sinusitis गराउने प्रमुख Bacteria:stretptococcus,H.
2.पिनास हुने कारण भनेको साइनसहरुको भित्री मार्गमा केही गरी रोकावट आउनु हावाको राम्रोसँग आवतजावत हुन नपाउनु र साइनसहरु भित्रका फोहोर बाहिर आउन नसक्नु हो
3.साइनसका मुखहरु बन्द हुनुमा एलर्जी र संक्रमण प्रमुख कारणहरु हुन्।
4.कहिलेकाहीँ नाकको भित्री भागमा मासु पलाउने, ट्युमर पलाउँदा पनि पिनास हुनसक्छ ।
5.दाँतकाे infection ,
6.Sinus मा चाेटपटक लाग्दा,
7.चिसाे र अाेसिलाे हावापानी , धुवाँ,धूलो वातावरण
8.फाेहाेर पानीका पाेैडी धेरै खेल्नु ।
9.रोग प्रतिरोध क्षमतामा कमी
10.नाकको हडडी बाङ्गो हुने अवस्था
11.श्वास नलिको सक्रमण
12.अनुचित जीवनशैली
13.शरीरमा सञ्चित विषाक्त पदार्थ
14.मानसिक एवं शारीरिक तनाव
Clinical features:-
1.fever ( ज्वराे)
2.टाउको दुख्नु : निधार दुख्ने(frontal headache)
3.नाकबाट गन्हाउने बाक्लो सिँगान बगिरहने ।
4.नाक बन्द भइरहने ।
5.टाउको भारी हुने ।
6.अघिल्लो भाग निधारमा दुखिरहने ।
7.सुध्ने शक्तिमा कमि आउने (Anosmia)
8.जीउ दुख्ने ।
9.नाकबाट लगातार पानी जस्तो तरल पदार्थ बगिरहने ।
10.नाक, आँखा चिलाउने ।
11.हाँछ्यु आइरहने ।
12.अनुहार वरिपरी सुन्नीएको अनुभव हुने ।
13. श्वासमा दुर्गन्ध अाउनु ।
signs:-
1.Sinus माथी tenderness हुन्छ ,
2.नाककाे म्युकाेसामा राताे हुन्छ ,
3.नाकभित्र sinus खुल्ने ठाउँमा pus देखिन सक्छ
investigation:-
1.Blood Tc,DC
2.sinus discharge-C/S
3.x-ray-PNS
Complications:-
1.orbital cellulitis
2.osteomyelitis
3.Menigitis
4.Brain abscess
पिनास बाट बच्ने उपायहरु:-
-तातो झोल पदार्थ प्रशस्त पिउने
नियमित रुपमा पानी वा नूनपानीले नाक सफा गर्ने बानी गर्नुपर्छ।
-तातो र न्यानो खाना खाने
-चिसो मौसमबाट बच्ने
-नाक, शिर र मुहारलाई प्रत्यक्ष चिसोबाट बचाउने
-प्रशस्त पानी पिउने
-नाक, मुखलाई धुवाा, धूलोबाट बचाउन माक्स प्रयोग गर्ने
-केरा, सुन्तला, भूईकटहर जस्ता फलफूल नखाने
-दुग्ध पदार्थ अत्यन्त कम खाने
-भुटेको, तारेको, चिल्लो तथा चिसो पदार्थ नखाने
-नियमित प्राणयाम तथा व्यायाम गर्ने
-अत्तर तथा सुगन्धीत वस्तुको ज्यादा प्रयोग नगर्ने
-धूम्रपान त्याग्ने
-तुलसी एवं बेसार पानी पिउने र बाफ लिने
धुवाँ र धुलो पिनासको कारण हो । त्यसैले धुँवा–धुलोमा हिँड्दा निकै सचेत हुन आवश्यक हुन्छ । जंकफुडले समेत पिनास बढाउने भएकाले यस्ता खाद्यपदार्थबाट टाढै रहनुपर्छ ।
-विभिन्न कारणले नाकमा एलर्जी हुने गर्छ । त्यसबारे सचेत नभए वा बेवास्ता गरेपछि संक्रमण भएर पिनास हुन्छ ।
-चिसोको कारण पिनास हुने भएकाले चिसोबाट बच्नको लागि विभिन्न उपाय अपनाउन सकिन्छ । चिसो खाद्यपदार्थको कहिल्यै पनि प्रयोग गर्नुहुँदैन ।
-पिनासबाट बच्नका लागि प्रशस्त मात्रामा झोलिलो पदार्थको प्रयोगलाई बढाउनुका साथै न्यानो कपडा लगाउन आवश्यक हुन्छ ।
Home treatement :-
हरियो धनियाा र सेतो चन्दन पिनेर सुघ्नाले छ्या नष्ट हुन्छ ।
बेसार, अदुवा, धनियाा, पिप्पली बराबर भुट्ने र मसालाको रुपमा तरकारी वा सुपको रुपमा प्रयोग गर्ने ।
सक्खर मरिच दही सेवन गरेमा रोग नष्ट हुन्छ ।
चिसो हावा, चिसो खाना, मसालादार खानाबाट बच्ने ।
सधैं तातो पिउने वा खाने र श्वास संक्रमणबाट बच्ने ।
नुनपानीले दिनको २-३ पटक कुल्ला गर्ने । (सिंधे नुन)
अदुवा, हरिद्रा आदि तातो पानीसाग पिउने ।
आयुर्वेद अनुसार बेसार कपडामा बेरेर धुवाा सुघ्ने ।
पटक पटक मनतातो पानी पिउने ।
पिनासकाे अायुर्वेदिक उपचार :-
तेल मालिस:-
तेलले मालिस गर्दा पिनासको दुःखाईमा अत्यन्त लाभदायक हुन्छ । तेललाई तताएर साइनस क्षेत्र गाला, निधार, कञ्चट, नाकको वरिपरी मालिस साथै तातो पानीको वाफ लिनाले नाक बन्द हुने, पिडा कम हुन्छ ।
Steam therapy(वाफ थेरापि):-
औषधीय स्टिममा सास लिनुपर्ने पिनासका लागि लाभदायक हुन्छ । यसका साथै तातो पानीमा अदुवा, बेसार अलिकति मिसाएर वाफ लिएर पनि नाकसम्बन्धि सबै समस्या ठिक हुन्छ । एउटा भााडोमा तातोपानी राखी टाउकोमा कपडाले ढाकेर दिनमा एक पटक वाफ लिन सकिन्छ ।
याेग/प्रणयाम
रक्त एवं मस्तिष्कमा अक्सिजन प्रवाहको लागि गरिने श्वास प्रश्वासको लाभदायक व्यायाम प्राणायाम हो । तसर्थ पिनासका लागि प्राणायाम अत्यन्त लाभदायक मानिन्छ । बिहान खाली पेटमा प्राणायाम, व्यायाम गर्नाले नासागत सम्पूर्ण नासागत रोगहरु नाष्ट हुन्छ ।
उपयोगी प्राणयाम : कपालभााती प्राणायाम, भष्ट्रिका, अनुलोम विलोम
Medical treatement:-
1.Antibiotics:-Amoxicillin or Erythromycin for 10-14 days ,
2.steam inhalation
3.Analgesic/Antipytric-paracet
4.Antihistaminic:- Tab.CTZ
5.Nasal decongestant:- Nasovion or Otrovian 
6.Surgical treatement
Leave Your Comment
Bhagvan Pradhan
2025-09-05 12:08:14