Blog Details

महिनावारी स्वाच्छता

Bhuwan Joshi 2024-02-18 23:07:18 1371 5

महिनावारी सरसफाइ, महिनावारीका चुनौती, समस्या र व्यवस्थापनका उपायहरु
महिनावारी (Menstruation)
महिलाको गर्भाशय बाट योनिमार्ग हुँदै सामान्यतया रगत बग्नुलाई महिनावारी भनिन्छ। यो महिलामा हुने एउटा प्राकृतिक प्रक्रिया हो जुन महिलाको पाठेघर ( गर्भाशय) मा भएको अण्डकोष फुटेर हुने गर्दछ भने सामान्यतया २८ दिन भित्र महिनावारीको चक्र परिवर्तन हुन्छ । साधारणतया महिनावारी १२ देखि १५ वर्षको उमेरमा सुरू हुन्छ; कसैमा आठ वर्ष देखि नै महिनावारीको लक्षण देखिने गर्दछ जुन साधरण मानिन्छ । महिनावारीको अन्तर लगभग २८ दिन हुने गर्दछ । महिनावारी महिला ४५ देखि ५५ भित्रमा सकिन्छ ।
महिनावारी भनेको शारीरिक परिवर्तनमध्येको एक परिवर्तन हो । यो हाम्रो शरीरमा भएका रागरसहरू (Hormones) को मात्रामा आउने परिवर्तनका कारणले हुने गर्दछ । महिनावारी प्राकृतिक सरसफाइ प्रक्रिया हो र महिनावारी हुनु भनेको एउटी महिला हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत हो । यदि महिला महिनावारी भइन् भने पाठेघरले बनाएको रगतको तह विस्तारै योनिमार्ग हुदै रगतका रूपमा शरीरबाट बाहिर निस्कन्छ जुन रगतको रङ्ग गाढा रातो हुन्छ र कहिले कही ढिका जस्तो भएर जमेको रगतका रूपमा पनि बाहिर निस्कन्छ ।

महिनावरीमा आउने समस्या र चुनौती
१. शौचालय भयका ठाउँमा पानी र सरसफाई को अभाव हुनु।
२. धामी, झाँक्री, पुरोहित लगायतलाई लक्षित गरी कार्यक्रम गर्न नसक्नु।
३. महिनावरीमा विभेद हुनु तथा छाउप्रथाका चुनौती हरु।सेवामा पहुँच नहुनु।
४. सहर मा प्याड प्रयाप्त मात्रामा पाइने भए पनि महंगीको कारण लामो समय सम्म प्रयोग गर्ने र पुराना कपडामा निर्भर हुन बाध्य ।
५. परम्परागत पुराना कपडा लगाउने र सफा गर्ने, त्यसपछि पुनः प्रयोग गर्ने विधिको प्रभाव रहेकोले ।
६. सबै ठाउँमा प्रजनन स्वास्थ तथा महिनावारी सरसफाई सम्बन्धी जनचेतनामुलक कार्यक्रमको अभाव भएको।
७. महिनावारी को बेलामा सरसफाई नहुँदा योनीको वरिपरि घाउ खटिरा आउने, गन्हाउने पानी बग्ने, तल्लो पेट दुख्ने, संक्रमणको कारण ह्युमन प्यापिलोमा भारसले गर्दा १० देखि १२ बर्षमै पाठेघरको मुखमा क्यान्सर हुने सम्म हुने गर्दछ।
नेपालमा करिब १५% महिला हरुको पाठेघरको क्यान्सर कै कारण ज्यान जाने गरेको छ।

महिनावारीको समयमा हुने परिवर्तनहरु
  • महिलाको योनि बाट पटक रगत आउने, प्रायः पहिलो र दोस्रो दिनमा बढी रगत बग्छ ।
  • धेरै युवतीहरूमा पहिलो पटक महिनावारी हुँदा, पहिलो वर्षमा महिनावारी अनियमित हुन्छ (केही महिनाका लागि महिनावारी रोकिनु वा अर्को महिनावारी हुने समय लम्बिनु)।
  • नियमित महिनावारी भएमा रगत आउने औसत समय करिब ५ वा ७ दिनसम्मको हुन्छ ।
  • धेरै केटीहरूको महिनावारी सुरु हुनु ठिक अघि र महिनावारी भएकै वेलाको पहिलो दिन अलि बढी तल्लो पेट दुख्छ ।
  • महिनावारी सुरु हुनु करिब १२ देखि १६ दिनअघि डिम्बाशयबाट एउटा डिम्ब निस्कन्छ । यसलाई अङ्ग्रजीमा ovulation भनिन्छ । महिलालाको डिम्बाशयमा धेरै डिम्बहरू रहेका हुन्छन् र उक्त डिम्ब उत्पादनको क्रममा केही महिलालाई पेटको वरिपरि दुखेको अनुभव हुन्छ ।
महिनावारी हुदाँ यौन सम्पर्क
महिनावारी हुदा यौन सम्पर्क राख्ने नराख्ने भन्ने कुरा व्यक्तिको इच्छा र निर्णयमा भर पर्छ तर वैज्ञानिक रूपले महिनावारी हुदा यौन सम्पर्क राख्नु सुरक्षित छ र यो कुनै फोहोर चिज पनि होइन । एक स्वस्थ केटी / महिला संग महिनावारी भएको बेला यौन सम्पर्क राख्नाले लिङ्गमा कुनै प्रकारको सङ्क्रमण वा एलर्जी हुदैन भने महिलाको पाठेघर वा अन्य यौन अङ्गलाई पनि कुनै असर पर्दैन । तर महिलालाई एच.आई.भी. तथा यौनजन्य सङ्क्रमण भएको छ भने उसको यौन साथीलाई एच.आई.भी. तथा यौनजन्य सङ्क्रमण हुने सम्भावना भने यति वेला अन्य सामान्य अवस्थामा भन्दा धेरै हुन्छ ।
महिनावारीको वेला असुरक्षित (परिवार नियोजनका साधन प्रयोग नगरी) यौन सम्पर्क गरेमा गर्भ रहने सम्भावना धेरै कम हुन्छ किनकि डिम्ब निस्केर शुक्रकीटसंग भेट नभएपछि डिम्ब मात्र पाठेघरमा आउछ र त्यति वेला बाक्लो भइ रहेको पाठेघरको भित्री तहको पनि काम हुदैन । सोही कारण डिम्ब सहित त्यो बाक्लिएको तह रगतका रूपमा बाहिर आउछ । त्यही नै महिनावारी हो । त्यसैले यति वेला शुक्रकीटको मिलन डिम्बसंग नहुने हुनाले गर्भ रहने कुरै हुदैन । तर यदि कसैको महिनावारी छिटो छिटो जस्तै; २० दिनमा नै हुन्छ भने महिनावारी भएको ४ – ५ दिनमा यौन सम्पर्क राख्नाले महिला गर्भवती हुन सक्छे । त्यसैले आफू सुरक्षित हुनका लागि सधै कन्डमको प्रयोग गर्नु निकै आवश्यक छ । यसले गर्भनिरोधकको काम गर्नाका साथै यौनजन्य रोगहरू सर्नबाट पनि जोगाउछ ।

पेट र ढाड दुख्ने समस्याको उपचार
घरेलु तरिका अपनाएर महिनावारी हुदा पेट दुख्ने समस्यालाई समाधान गर्न सक्छौ ।
  • रुमाल वा आधा मिटर जति सुतीको कपडाको टुक्रालाई तातो पानीमा भिजाएर र पेटको वरिपरि सेकाउन सकिन्छ ।
  • त्यसै गरी तातो पानीलाई रबडको थैली (Hot bag) मा राखेर दुखेका ठाउमा विस्तारै सेक्न पनि सकिन्छ
  • रबरको थैली नभएका खण्डमा सिसी (Bottle) मा तातो पानी राखी दुखेका ठाउमा सेक्न सकिन्छ ।
  • त्यसै गरी दुखेका ठाउमा विस्तारै हलुका मालिस गर्नाले पनि दुखाइ कम हुन्छ ।
  • यस्तो बेला जति सक्दो तातो पानी, चिया र सुपका साथै अन्य गेडागुडीको झोल, हरियो सागसब्जी खानु पर्छ जसले शरीरलाई कमजोर हुन दिदैन ।
  • हलुका व्यायाम गर्नाले पनि दुखाइ कम हुन्छ ।
  • धेरै रगत बगेमा र सहन नसक्ने गरी पेट दुखेमा स्वास्थ्य चौकी जान ढिलाइ गर्नु हुदैन ।
माथि उल्लिखित लक्षणहरू महिनावारी हुने बेला देखिनु सामान्य नै हो । त्यसैले चिन्ता गर्नु वा डराउनु पर्दैन ।

महिनावारी हुदा देखिने समस्या र सरसफाईका उपायहरु
महिनावारी हुँदा शारीरिक सरसफाईमा विषेश ध्यान पु-याउनु पर्ने हुन्छ । ग्रामीण महिला महिनावारी हुँदा फोहोर कपडा प्रयोग गर्ने गर्छन् । यसले गर्दा उनीहरुको गुप्तांगमा संक्रमणको समस्या बढी देखिन्छ । गुप्तांगमा भएको संक्रमणले पछि गएर शरीरको प्रजनन् अंगमा पनि संक्रमण हुने सम्भावना हुन्छ ।
नेपालको पश्चिमी भेगतिर महिलाहरुले अवस्था अझ नाजुक छ । उनीहरू महिनावारी हुँदा कुनै पनि कपडा प्रयोग गर्देनन् । कसै-कसैले कपडा प्रयोग गरेभने पनि सूर्यलाई देखाउनु हुँदैन भन्ने अन्धविश्वास छ । यसैले उनीहरू कपडा घाममा सुकाउँदैनन् र अँध्यारो मै राख्छन् । उनीहरू फेरि अर्काेपल्ट महिनावारी हुँदा त्यही कपडाको प्रयोग गर्छन् । यसले गर्दा उनीहरुको शरीरका भित्री अंगमा संक्रमण हुने संभावना बढी हुन्छ । महिनावारीमा प्रयोग गरेको कपडा घाममा सुकाउनु पर्छ । यसले कपडा मा भएको परजीवि नाष्ट हुन्छ । कपडा नरम र सुतीको हुनुपर्छ । नाइलन र पोलिस्टरको कपडा प्रयोग गर्नुहुँदैन । महिनावारी हुँदा प्रयोग गरिएका कपडा फेरिरहनु पर्छ । रगत लागेको कपडा प्रयोग गर्नुहुँदैन । यसले शरीर गन्हाउने, काछमा घाउ आउने र संक्रमण हुने हुन्छ । आजकल महिलाहरु आधुनिक स्यानिटरी प्याड प्रयोग गर्छन् । औषधि पसलबाट रुवा किनेर ल्याउने, यसलाई सानो भागमा बाँड्ने र तिनलाई सुतीको कपडामा बेरेर प्याड बनाउन सकिन्छ । यो प्याड एकपल्ट प्रयोग गरिसकेकपछि कागजमा बेरेर सुरक्षित ठाँउमा फ्याक्ने वा जलाएर नष्ट गर्नुपर्छ ।
  • महिनावारी भएको समयमा दिनहुँ सारीरिक सरसफाई संगै आफू बस्ने कोठाको सरसफाईमा ध्यान दिने साथै दिनहुँ नुहाउने ।
  • खाना खानु अघि, प्याड परिवर्तन तथा चर्पीको प्रयोग पछि राम्ररी साबुन पानीले हात धुने ।
  • प्याडको प्रयोग गर्दा स्यानिटरी प्याड कम्तीमा ४–६ घण्टा र कपडा को भए २ घण्टा भन्दा धेरै नराख्ने ।
  • नाइलन तथा पाेलिसटरको कपडा प्रयोग नगर्ने ।
  • कमलो सुतीको कपडा राम्ररी धोएर मज्जाले घाम मा सुकाउने जसले गर्दा कीटाणुहरू मर्ने गर्छ।
  • एक पटक प्रयोगमा आएको कपडा दोस्रो पटक प्रयाेग नगर्ने
  • पोषणयुक्त खानेकुरा जस्तै माछा मासु अण्डा हरिया सागपात , पहेला फलफूल हरु खाने।
  • मानसिक तनाब बाट मुक्त हुने ।
  • व्यायाम गर्ने ।
  • शारीरिक सम्बन्ध राख्न परेमा सके सम्म कण्डमको प्रयोग गर्ने ।
  • शारीरिक सम्बन्ध राख्दा पुरुष पार्ट्नरको लिंगको सरसफाई पछि मात्र राख्ने।
  • एच. आई. भी. तथा एड्स जस्ता सरुवा रोग बाट बच्न कण्डमको प्रयोग गर्ने ।


Leave Your Comment

0 Comment