Blog Details

लोक सेवा आयोग तथा कुनै पनि प्रतिस्पर्धात्मक परीक्षाको तयारी कसरी गर्ने ?

Khagendra Prawaha 2024-03-14 15:33:11 2006 19
लोक सेवा आयोग तथा कुनै पनि प्रतिस्पर्धात्मक परीक्षाको तयारी कसरी गर्ने ?

प्रथम चरण:
* कुन पद/तहको तयारी गर्ने निश्चित गर्नुहोस् ।
* मुल पुस्तक (Syllabus Oriented Guides) र सन्दर्भ सामाग्री (Reference Books) संकलन गर्नुहोस् ।
* लक्ष्य प्राप्तिको समयसीमा (Deadline) तोक्नुहोस् ।
* लक्ष्य प्राप्तिको लागि आवश्यक योजना(Planning) र रणनीति(Strategy) तयार गर्नुहोस् ।
* अब शुरूवात (Start Reading) गर्नुहोस् ।
* SMART Study

दोस्रो चरण: अध्ययन, लेखन र सन्तुलन/तालमेल
* अध्ययनमा निरन्तरता (Continuity) दिनुहोस्। हरेक दिन जति भएपनि (आधा, १/२/३/४...घण्टा) पढ्ने र सँगसँगै लेख्ने (टिपोट) गर्ने गर्नुहोस् ।
* विभिन्न पत्रपत्रिकाका (Daily Newspapers) दैनिक लेख, समाचार र सरकारी पत्रिका (Magazines/Special Editions) विशेषांक पढ्नुहोस् ।  साथै महत्त्वपूर्ण कुरा नोट पनि गर्दै जानुहोस् ।
- जस्तै: सोपान, अन्तरास्ट्रिय मञ्च, कान्तिपुर, गोरखापत्र, आर्थिक अभियान, The Kathmandu Post आदि।
- प्रशासन, पराग, निजामती , कर्मचारी, JOPA, CAMAD, कानुन आदि।
- माथिल्लो तहको/पदको पुस्तक अध्ययन गर्नुहोस् । शाखा अधिकृतको तयारी गर्दैहुनुहुन्छ भने- उपसचिव र सहसचिवको लागि लेखिएका पुस्तक र सन्दर्भ सामाग्रीहरुको पनि अध्ययन गर्नुहोस्। 

* Deep Study: गहिराइमा गएर अध्ययन गर्नुहोस्। हरेक पक्षको अध्ययन ।

* सकारात्मक सोच (Positive Mentality) को निर्माण गर्नुहोस् ।
- मेहेनतमा विश्वास (Believe in Hard Work)
- आत्मविश्वास (Self-confidence)
- भयबाट मुक्ति (Fearless)
- कल्पनाशक्ति (Do Imagination)
- खुशी र रहर गरेर पढ्नुहोस् (Read Happily)
- स्वाध्ययन (Self-study)
- स्वप्रेरित (Self-motivated)
- अरुका राम्रा सुझाव मान्ने (Follow good suggestions)
- Auto-suggestion
- Imagination and Visualisation
- Never Complain
- Face the Challenges
- Solve your Problems
- Be Optimistic

* यी कुराको व्यवस्थापन गर्नुहोस्।
- Time Management
- Stress Management
- Money Management
- Personal, Family and Friendship (Relations) Management

* यी कुरालाई प्रेम गर्नुहोस्:
- नयाँ कुराको खोजी (Learning New things )
- अध्ययन र लेखन (Reading and Writing)
- आफुलाई र अरुलाई (Yourself and Others)
- Your Family, Friends, supporters and Mentors

* भरपुर फाईदा लिनुहोस्:
- Google, Internet, Related Websites, Blogs
- Social Media: Facebook, Twitter
- Youtube
- Online Newspapers
- Seniors (अग्रजहरु)

* सधैं सुन्ने/हेर्ने गर्नुहोस्:
- समाचार
- अन्तर्वार्ता
- छलफल तथा बहस
- आफ्नो वरिपरिका गतिविधि/वातावरण
- Global Issues.

* ख्याल गर्नुहोस्:
- खानपिन
- निद्रा, आराम
- समग्र स्वास्थ्य
- आफ्नो घरपरिवार, आफन्त, र साथीसंगी 

* व्यवस्थित भएर अध्ययन गरौं:

द्वितीय, तृतीय र चतुर्थ पत्रको लागि:
- हरेक पाठ: अलग नोट कापी
- हरेक खण्ड : अलग कापी
- First Draft
- Second Draft
- Precise Note
- You can use different coloured/ink Ballpens/Pen.
- Blank copies
- Schedule/Timetable( Copy or Mind)

* सञ्जाल:
- समान लक्ष्य भएका साथी
- अध्ययनमा हौसला दिने
- नयाँ कुरा, जानेका कुरा बाँड्ने
- छलफल गर्ने
- सकारात्मक सोच भएका
- नत्र एक्लै पढ्ने
- Work hard in silence, let your sucess be the noise.

* संकोच नमान्नुहोस्:
- सहयोग माग्न र गर्न 
- Sorry भन्न 
- आफ्नो लागि समय छुट्टयाउन 
- Thank You (Gratitude) भन्न 

* समय निकाल्नुहोस्:
- साथीभाई र परिवारसँग घुमफिर
- रमाइलो गर्न

* आवश्यक तर यो मात्रै पर्याप्त होईन:
- लोक सेवा तयारी कक्षा,
- नमूना परीक्षा,
- काठमाण्डौं जानैपर्छ भन्ने मानसिकता 

* भ्रम तोड्नुस्:
- लोक सेवा पास गर्न Topper हुनैपर्छ 
- Math/Science राम्रो भएका मात्रै पास गर्छन् 
- राम्रो स्कुल तथा विश्वविद्यालय पढेको हुनुपर्छ 
- 18 घण्टा पढ्नुपर्छ 
- यो लोकसेवा होईन घोकसेवा हो।
- समयनै पुग्दैन 
- Optional Paper यहि नै राख्नुपर्छ 
- लोक सेवा पहिलो प्रयासमा पास गर्न सकिँदैन !

* यस्तो मानसिकता त्याग्नुहोस्:
- म सक्दिन। म अरुभन्दा कमजोर छु।
- म पढ्न सक्दैन। पढेको यादनै हुँदैन।
- यतिका हजारौं उम्मेदवारमा म के पास हुँला र !!
- भाग्य भए हुँला नत्र ठिकै छ।
- समय आउनुपर्छ आफ्नो, सफल हुन।

* यी कुरा पत्ता लगाउनुहोस् (Find Out):
- आफ्नो बलियो र कमजोर पक्ष।
- रुचि र अरुचिको विषय 
- सहयोगी र असहयोगी 
- आफ्नो प्राथमिकता 

* बिस्तारै सुधार गर्दै जानुहोस् (Improve):
- हतार गर्ने बानीमा
- निर्णय निर्माण
- अलमलिने बानी
- राम्रोसँग प्रश्न नपढ्ने बानीमा
- परीक्षा भन्ने बित्तिकै डराउने
- अरुका कुरामा विनासोचविचार विश्वास गर्ने
- आफ्नो क्षमतामा शंका गर्ने
- आफ्नो सबल/ दुर्बल पक्ष अरुले भनिदिनुपर्ने
- आफै केही गर्नै नसक्ने
- अरुलाई मात्रै राम्रो ठान्ने आफुलाई कमसल ठान्ने
- सचेत भएर नपढ्ने
- उत्तर लेख्न हतार गर्ने
- चिन्तन होईन चिन्ता गर्ने
- तत्काल नतिजा चाहने
- आफुलाई सर्वज्ञ ठान्ने

* चटक्कै छोड्नुहोस् (Leave These):
- अरुको रिस, ईर्ष्या, आलोचना र कुरा काट्न
- अस्वस्थकर र अव्यवस्थित खानपिन/जीवनशैली
- फजुल खर्च
- अनुत्पादक काम
- किताब मात्रै किन्ने, अध्ययन नगर्ने बानी
- गुनासो मात्रै गर्ने
- डर मान्ने
- किताबको मोटाई हेर्ने
- सीमित अध्ययन गर्ने बानी

* Do Believe (मज्जाले विश्वास गर्नुहोस्)
- आफुमा, आफ्नो लक्ष्यमा र तोकिएको समसीमामा 
- मेहेनत र कर्ममा 
- प्रकृति, ब्रह्माण्ड र प्रेममा 
- सकारात्मक सोचमा 
- हामीले चाहेका अधिकांश कुरा सम्भव छ्न्।
- निरन्तर अभ्यास महत्त्वपूर्ण छ। यसले हरेक कुरा सम्भव बनाउँछ ।
- स्वच्छ प्रतिस्पर्धा 
- सहि समयमा सहि निर्णय 

* Share (बाँड्दै गरौं):
- आफुले जानेका कुरा। पढेका कुरा।
- सहि तरिका।

* Accept (स्वीकार गर्नुहोस्):
- आफ्ना कमजोरी 
- उपयुक्त सुझाव 
- सहि मार्गदर्शन 
- समय 
- मेहेनत अनुरुपको नतिजा 

* अभ्यास गर्नुहोस् (Exercise):
- पढेर,
- पढ्दै लेख्दै गरेर,
- सुनेर,
- छलफल गरेर,
- आफै नमूना परीक्षा गरेर,
- हरेक समय पढेको कुरा सम्झेर, चिन्तन, मनन गरेर 

सफलता त्यसै मिल्दैन। मेहेनत गर्नैपर्छ । हरेक पक्षमा औसतमा भएपनि सन्तुलन हुनैपर्छ । निरन्तरता, सकारात्मक सोच, आत्मविश्वास, समय मिलान, स्वास्थ्य ख्याल, उपलब्ध स्रोतको उपयोग, उत्साह, खुशी, समयसीमा, रणनीति, योजना, लगायतका विभिन्न कुराको संयोजन चाहिन्छ, सफलता प्राप्त गर्न। र यो सम्भव छ। सजिलो छ। बानीको निरन्तरता भए।

Leave Your Comment

1 Comment
Bipana Pariyar
2025-06-03 20:01:20
Work hard in silence, let your success be the noise.❤️‍🩹