गर्भावस्थाको सामान्य शारीरिक लक्षणहरूको उपचार तथा व्यवस्थापन
गर्भावस्था भनेको गर्भाशयमा शिशुको वृद्धि विकास हुने अवस्था हो । यस अवस्थामा आमाको शरीरमा विभिन्न खालका शारीरिक परिवर्तन हुन्छन् । गर्भावस्थाका साधारण असुविधाहरु धेरैजसो ८० प्रतिशत महिलाहरुलाई हुन्छ । त्यसमध्ये केही महिलालाई मात्र गम्भीर तथा असाधारण अवस्थाहरु देखा पर्दछन् । गर्भावस्थाको सामान्य शारीरिक लक्षणहरूको उपचार तथा घरेलु तवरमै त्यसको व्यवस्थापन छोटकरीमा तल चर्चा गरिएको छ ।
- वाकवाकी तथा बान्ता: वाकवाकी र बान्ताका लक्षणहरू लगभग ७०% गर्भवती महिलाले अनुभव गर्छन् र सामान्यतया गर्भावस्थाको पहिलो त्रैमासिकमा देखा पर्दछन् । वाकवाकी र बान्ताका लक्षणहरू सामान्यतया गर्भावस्थाको दोस्रो भागमा समाधान हुन्छन् भनेर महिलाहरूलाई सल्लाह दिइनुपर्छ । - • सिफारिस गरिएको उपचार अदुवा, क्यामोमाइल, भिटामिन B6 र/वा महिलाको प्राथमिकता र उपलब्ध विकल्पहरूमा आधारित एक्यूपंक्चर । - • वाकवाकी र बान्ताका लागि औषधीय उपचारहरू डोक्सिलामाइन र मेटोक्लोप्रमाइड आदि अन्य घरेलु उपचारले काम नगरेका गर्भवती महिलाहरूलाई चिकित्सकको निगरानीमा दिनुपर्छ । 
- मुटु पोल्ने समस्याको उपचार: करिब दुई तिहाई गर्भवती महिलाहरूमा मुटु पोल्ने लक्षणहरू देखा पर्छन्, यो एक सामान्य समस्या हो र खाना खाएपछि र सुतेपछि झन् खराब हुने गर्दछ । - • जीवनशैलीसम्बन्धी सल्लाह धेरै मात्रामा, बोसोयुक्त खानेकुरा र मदिरापानबाट टाढा रहने, धुमपान बन्द गर्ने र सुत्नका लागि ओछ्यानको सिरानी अग्लो बनाउने । - • सिफारिस गरिएको मात्रामा म्याग्नेसियम कार्बोनेट र एल्युमिनियम हाइड्रोक्साइडको घोलका एन्टासिडहरू र सुक्राल्फेट जस्ता औषधि दिन सकिन्छ, यी औषधिले कुनै असर गर्दैन । - • तर एन्टासिडहरूले अन्य औषधिको अवशोषणमा असर गर्न सक्ने भएकोले आइरन र फोलिक एसिडको पूरक मात्रा लिएको दुई घण्टा भित्र एन्टासिडहरू लिनु हुँदैन । 
- खुट्टा बाउँडिने समस्याको उपचार: खुट्टा बाउँडिने प्रायः रातमा हुन्छ र धेरै पीडादायी हुन सक्छ, यसले निद्रा र दैनिक क्रियाकलापहरूलाई असर गर्छ । खुट्टा बाउँडिनुको सम्भावित कारण पोषणको कमीसँग (म्याग्नेसियमको कमीसँग) सम्बन्धित भएकोले खुट्टा बाउँडिने समस्या विपन्न जनसङ्ख्यामा बढी हुनसक्छ भन्ने देखिन्छ । महिलाको प्राथमिकता र उपलब्ध विकल्पहरूको आधारमा म्याग्नेसियम, क्याल्सियम वा औषधि बाहेकका अन्य उपचार विकल्पहरू प्रयोग गरेर गर्भावस्थामा खुट्टाको बाउँडिने समस्याबाट राहत पाउन सकिन्छ ।
- तल्लो ढाड र कम्मरको दुखाइका लागि उपचार: तल्लो ढाड र कम्मरको दुखाइ आधाजसो गर्भवती महिलामा हुने अनुमान गरिएको छ । - गर्भावस्थामा नियमित व्यायामले तल्लो ढाड र कम्मर दुख्ने समस्याबाट बच्न मद्दत गर्छ । तल्लो ढाडको दुखाइलाई कम गर्न व्यायाम उपयोगी हुनसक्ने भए पनि यसले कम्मरको हड्डी तथा जोर्नीको समस्या (symphysis pubis dysfunction) सँग सम्बन्धित कम्मरको दुखाइ बढाउन सक्छ र यस्तो अवस्थामा व्यायाम गर्नुहुँदैन । - विचार गर्नुपर्ने अन्य उपाय महिलाको प्राथमिकता र उपलब्ध विकल्पहरूको आधारमा तल्लो ढाड र कम्मर दुखाइ कम गर्न आराम गर्ने, तातो वा चिसोले सक्ने, र प्यारासिटामोल एनाल्जेसिया फिजियोथेरापी, सपोर्ट बेल्ट र एक्युपन्चर जस्ता उपाय अपनाउन सकिन्छ । 
- कब्जियतको उपचार: कब्जियत गर्भावस्थामा हुने एक सामान्य समस्या हो, यो धेरै कष्टकर हुन सक्छ र पाइल्स बढेर झन् जटिल हुन सक्छ । - गर्भावस्थाको समयमा कब्जियतको समस्या कम गर्न पर्याप्त मात्रामा पानी र फाइबरयुक्त खानेकुरा (तरकारी, ड्राइफ्रूट, फलफूल र रिफाइन नगरिएका अन्नहरू) लिनुपर्छ । - आहारमा परिवर्तन गरेर वा पूरक खानेकुराले राहत नहुने कब्जियत भएका महिलाका लागि सबै कुरा मिसाइएको खानेकुरा (गहुँको चोकर वा जौको चोकरयुक्त फाइबर भएका पूरक खानेकुरा, स्टेरकुलिया, मिथाइल सेलुलोज, इस्पाघुला हस्क), ओस्मोटिक (ल्याक्टुलोज) र दिसा लगाउने औषधि (सेनाना) सजिलै औषधि पसलहरूमा उपलब्ध छन् र यी औषधिहरू गर्भावस्थाका लागि हानिकारक भएको पाइएको छैन । 
- खुट्टा सुन्निने समस्याको उपचार: गर्भावस्था बढ्दै जाँदा खुट्टाका नसाहरू सुन्निने लगायत लक्षणहरू बढ्दै जान सक्छन् तर धेरैजसो महिलाहरूले बच्चा जन्मेको केही महिनाभित्रमा यो निको हुँदै जानेछ भनी महिलाहरूलाई सल्लाह दिनुपर्छ । महिलाको उमेरअनुसार गर्भावस्थामा खुट्टा सुन्निने समस्याको उपचारका लागि औषधि बाहेकका विकल्पहरू जस्तै कम्प्रेसन मोजाको प्रयोग गर्ने, खुट्टा उठाएर राख्ने र पानीमा डुबाउने आदि तरिका प्रयोग गर्न सकिन्छ ।
यी माथिका समस्याहरू बिस्तारै कम भएर जान्छ तर बढी भएमा स्वास्थ्य संस्थामा जानुपर्दछ ।
गर्भावस्थामा हुन सक्ने खतराका लक्षणहरू
गर्भवती अवस्थामा हुन सक्ने खतराका चिन्ह तथा लक्षणहरू महिलाका परिवारले समयमै थाहा पाएमा छिटो उपचार गराउन सकिन्छ । खतराको कुनै एक लक्षण मात्र देखिएमा पनि तुरुन्तै नजिकको स्वास्थ्य संस्थामा गई जाँच गराउनुपर्छ । गर्भावस्थामा देखिने खतराका लक्षणहरू निम्नानुसार छन्:
- गर्भवती महिलाको टाउको साह्रै दुख्नु
- कडासँग तल्लो पेट दुख्र्नु
- आँखा तिरमिराएर धमिलो देख्नु तथा हात वा अनुहार सुन्निनु
- हात खुट्टा अररो भई काम्नु वा मुर्छा पर्नु
- योनिबाट अलिकति पनि रगत बग्नु
- गर्भको शिशु कम चल्नु वा नचल्नु
- ज्वरो आउनु (१००.४ डि.फ. भन्दा वढि)

Leave Your Comment
Mukesh Kumar Chaudhary
2025-06-03 19:42:52